ktm rubbish

‘अघि पछि प्रहरी प्रयोग गरेर बञ्चरे डाँडामा लगियो काठमाडौंको फोहोर’

National News News

The Mirror

बञ्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरू गरेको छ। अहिले यहाँ १५-२० ट्रक फोहोर ल्याइएको छ।

दायाँ-बायाँ, अगाडि-पछाडि प्रहरी तैनाथ गरेर बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसाल्न थालिएको स्थानीय बादल गजुरेलले जानकारी दिए।

फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको हो। संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहित ३० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइएको गजुरेलले बताए। उनीहरूलाई अहिले भ्यानभित्रै थुनेर राखिएको छ।

ktm rubbish
pic-setopati

सरकारले सोमबार राति भएको सम्झौताअनुसार मंगलबारदेखि फोहोर खसाल्न ल्याउन भनेपछि बञ्चरेडाँडाका स्थानीय बिहानैबाट धर्ना बसेका थिए।

उनीहरूले सिसडोल र बञ्चरे बीचमा रहेको आलेटारमा धर्ना दिएका थिए। यसैबीच काठमाडौं र नुवाकोटका विभिन्न ठाउँबाट गएको प्रहरी तथा सशस्त्र प्रहरीको टोलीले स्थानीयमाथि बल प्रयोग गरेको थियो।

[refsetopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *