petrol

अचाक्ली बढ्यो इन्धन मूल्य, निगम भन्छ, ‘अझै घाटामा छौ’

Business National News News

The Mirror

नेपाल सरकारले इन्धनको मूल्य फेरि पनि बढाएको छ। ठिक चुनाब सकिएको मौका परेर मूल्य बढाएको हो।

आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ। निगमले एक साताकै अवधिमा दोस्रोपटक मूल्यवृद्धि गरेको हो। निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रूपैयाँ बढाएको छ। त्यसैगरी पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन (आन्तरिकतर्फ) लिटरमा १० रूपैयाँ मूल्य बढाइएको छ। बढेको मूल्य आइतबार रातिबाट कार्यान्वयनमा आएको छ।

नयाँ मूल्य अनुसार, ग्यासको मूल्य सिलिन्डरमा १ हजार ६ सय रूपैयाँबाट बढाएर १ हजार ८ सय रूपैयाँ पुर्‍याइएको छ। निगमले ग्यासमा प्रतिसिलिन्डर १ हजार ५० रूपैयाँ १८ पैसा घाटा बेहोर्दै आएको थियो। निगमको ग्यासमा लागत प्रतिसिलिन्डर २ हजार ६ सय ५० रूपैयाँ १८ पैसा छ। मूल्य बढाउँदा पनि निगमलाई ग्यास सिलिन्डरमा अझै ८ सय ७९ रूपैयाँ ७५ पैसा घाटा छ।

त्यसैगरी पेट्रोलको मूल्य लिटरको १ सय ८०, डिजेलको मूल्य १ सय ६३ रूपैयाँ र हवाई इन्धनको मूल्य लिटरको १ सय ६६ रूपैयाँ पुगेको छ। भाउ बढाउँदा पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ ६४ पैसा र डिजेलमा २६ रूपैयाँ ८२ पैसा घाटा रहेको प्रवक्ता विनितमणि उपाध्यायले बताए। मूल्यवृद्धि गर्दा पनि १५ दिनमा ३ अर्ब ३५ करोड रूपैयाँ घाटा हुने निगमले जनाएको छ।

इन्धन कारोबारमा नेपाल आयल निगमले १० महिनाकै अवधिमा करिब ४७ अर्ब रूपैयाँ नोक्सान बेहोरेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भएपछि करिब आधा खर्ब रूपैयाँ घाटा भएको नेपाल आयल निगमले जनाएको हो।

[ref-nagarik]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *