Chairman Oli's call for party unity is very positive

‘अध्यक्ष ओलीको पार्टी एकता आह्वान एकदमै सकारात्मक’:- योगेश भट्टराई

National News News

The Mirror Desk

एमालेमा भद्रगोल कायमै छ। लगभग विभाजनको संघारमा रहेको एमालेभित्रको विवाद समाधानको उपाय खोज्ने जिम्मा दोस्रो पुस्ताका नेताहरुले लिए जस्तो देखिएको छ। त्यसकारण यो पुस्ताका नेताहरु निकै सकारात्मक रुपमा छलफलमा जुटेका छन।

यसै बीच केहि दिन अघि अध्यक्ष केपी ओलीले आफु जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपालका शिर्ष नेताहरुले त्यो प्रस्तावलाई अस्विकार गरेको थियो।

यसै क्रममा नेपाल समुहका नेता योगेश भट्टराईले पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको एकताको आह्वान निकै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन।

नेता भट्टराईले कार्यदलको वार्तालाई अध्यक्ष ओलीको वक्तव्यले निरन्तरता दिएको भन्दै पार्टी एकताको लागि शिर्ष नेतृत्वमा हुने सार्थक संवादले पार्टी एकतालाई निष्कर्षमा पुग्न सघाउने बताए।

भट्टराईले भनेका छन्-

‘सर्बोच्चमा बिचाराधिन बिषयमा सबै संभावनालाई ख्याल गर्दै र मुलत संबिधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निश्कर्समा पुग्नु उपयुक्त हुनेछ’।

सोहि क्रममा यसअघि गठित वार्ता टोलीमा रहेका भीम रावल, शंकर पोखरेल, रघुजी पन्त बाहेकका नेताहरू चरणबद्धरुपमा छलफल गरिरहेका छन।

छलफलमा पनि संस्थापन पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली सहभागी छन् भने माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु सहभागी छन।

पार्टी अध्यक्ष ओलीको एकता आह्वान

हाम्रा प्रधानमन्त्री कति झुठ बोल्छन

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *