Chinese rocket landed near Maldives

अनियन्त्रित चिनियाँ रकेट माल्दिभ्स नजिकै हिन्द महासागरमा खस्यो

Science & Technology

The Mirror Desk

पृथ्वीतिर अनियन्त्रित रूपमा फर्किँदै गरेको चिनियाँ रकेट हिन्द महासागरमा खसेको छ। उक्त रकेटको अधिकांश भाग पृथ्वीमा प्रवेश गर्ने क्रममा ध्वस्त भएको पनि जनाइएको छ।

केही भाग ७२.४७ डिग्री पूर्व र २.६५ डिग्री उत्तर अक्षांश र देशान्तर भएको स्थानमा झरेको छ। उक्त स्थान माल्दिभ्सबाट केहि पश्चिमतिर पर्छ।

अमेरिकाको स्पेस कमान्डले एउटा विज्ञप्तिमा आफूले ‘चिनिया लङ मार्च–५बी अरेबियन प्रायःद्वीपमाथि पुनः प्रवेश गरेको पुष्टि गर्न सकेको’ जनाएको छ। रकेटका अवशेषहरूले जमिनमा प्रभाव पारे कि पानीमा भन्ने विषयमा भने आफूहरू ‘अनभिज्ञ’ रहेको उक्त निकायले जनाएको छ।

रकेट वायुमण्डलमा फर्किनु अघि त्यसका भागहरू मानिसहरू बसोबास गर्ने क्षेत्रमा खस्लान् भन्ने चिन्ता उत्पन्न भएको थियो।

सन् १९९० यता १० टनभन्दा बढी वजन भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खस्न दिइएको छैन। चिनियाँ रकेट १६ फिट चौडाइ र ९८ फिट लम्बाइको थियो। यसलाई चीनले एप्रिलको अन्त्यमा अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो।

अमेरिकी र युरोपेली ट्र्याकिङ वेबसाइटहरूले अनियन्त्रित रूपमा झरिरहेको लङ मार्च–५बी रकेटको अनुगमन गरिरहेका थिए।

चिनियाँ सञ्चारमाध्यमका अनुसार रकेटका केही भागहरू बेइजिङको स्थानीय समयानुसार आइतवार १०ः२४ बजे वायुमण्डलमा पुनः प्रवेश गरेका थिए।

[ref-bbc]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *