Bhattarai and Bista leave Madhav Nepal

अन्ततः भट्टराई र विष्टले माधव नेपालको साथ छोड्ने संकेत, मन्त्री पाउने आश्वासन

National News News

The Mirror Desk

एमालेको भद्रगोल अझै सकिएको छैन। गुट परिबर्तन गर्नेदेखि लियर नयाँ पार्टी खोल्ने सम्मको कुरा समय-समयमा चर्चामा आउने गरेको छ।

यसै बीच लामो समयसम्म ‘नेपाल-खनाल’ समुहमा लागेका दुई युबा नेताहरु योगेश भट्टराई र गोकर्ण बिस्ट बिस्तारै यो समूह छोडेर के पी ओली समुहमा जाने तयारी गरेका छन्।

पछिल्लो समयमा यी दुई नेताहरु एकताको लागि भन्दै अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुसँग छलफल र भेटघाटमा ब्यस्त रहे।

ओली २०७५ जेठ २ गते फर्कन तयार रहेको समाचार बाहिर आएपछि माधव नेपाल समूहका प्रभावशाली यी दुई युबा नेताहरु भट्टराई र विष्ट अब ओली समुहमा प्रवेश गर्ने संकेत मिलेको छ।

देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेपाल पक्षधर २६ जना सांसदले हस्ताक्षर गरे पनि भट्टराईले हस्ताक्षर गरेका थिएनन। उनले त्यतिवेला आफूले राजनीतिक जीवनमा सबैभन्दा कठिन दिनको सामना गरेको बताउदै माधब नेपालको साथ छोडेको पनि संकेत गरेका थिए।

आज यी दुइले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग एक्लाएक्लै भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निकटसँग निरन्तर सम्पर्कमा रहेका नेताहरु भट्टराई र विष्टलाई मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको कुरा बाहिर आएको थियो। तर पनि यो बारेमा कसैले आधिकारिक धारणा सार्बजनिक गरेका छैनन।

[ref-reporters nepal]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *