The MIrror
अन्तत नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तालमेलको विषयमा जेजस्तो बहस भए पनि अब पार्टीको निर्णयअनुसार अघि बढ्नुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विभिन्न पार्टीमा मतभेद् हुनु स्वभाविक भएको बताए।
उनले भने, ‘पार्टीभित्र तालमेलका बिषयमा जेजस्तो बहस भए पनि अब पार्टीले गरेको निर्णयअनुसार सबै अघि बढ्नुपर्छ, बहस र मतभेद हुनु स्वभाविक हो, पार्टीको आधिकारिक निर्णय सबैले पालना गरौं’।
उनले तालमेलको विषयमा आफूले उठाएको बहस सैद्धान्तिक विषय भएकाले यसलाई पछि छलफल गर्न सकिने बताए।
उनले, ‘निर्वाचनमा अब एकढिक्का भएर पार्टीलाई विजयी गराऔं, टिकटलाई लिएर असन्तुष्टि राख्ने सबैलाई समेटेर लैजाऔं’।
उनले केहि दिन पहिले कांग्रेसले हँसिया हथौडा मा कुनै हालतमा भोट हाल्नु हुदैन भन्दै कार्यकर्तालाई रुखमा चिन्हमा मात्र मतदान गर्न सार्बजनिक अपिल समेत गरेका थिए।
[ref-annapurnapost]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team