अन्तत: गृहमन्त्री बादल ओलीकै पक्षमा, बरियतामा दोस्रो

National News

काठमाडौँ, सत्तारुढ दल नेकपाको औपचारिक विभाजनमा सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा ”बादल” ले आफु निकटहरुलाई आफूले प्रधानमन्त्री वा पार्टी अदक्ष्य केपी शर्मा ओलीलाई साथ दिने निर्णयमा पुगेको बताइएको छ। लामो मन्थन र बार्गेनिङपछि बादल बालुवाटारलाई साथ दिने निष्कर्षमा पुगेको उनीनिकट स्रोतले बतायो। उनका बिस्वास पात्र मानिने आईपी खरेलले बुधवार राति फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ”बादलजी सम्बन्ध तोडिन्न, तपाईसँग सति जान सकिएन, तपाईँको प्रगति होस्”। खरेलले बुधवार राति थापाको सचिवालयले उनी प्रधानमन्त्री केपी वलीको साथमा लागेको जानकारी आफूलाई दिइएको बीबीसी नेपालीसेवा लाई बताए, उनले अगाडी भने, “अहिलेसम्म दिएको साथको निम्ति धन्यवाद दिँदै बादलजी प्रधानमन्त्रीलाई साथ दिने निर्णयमा पुग्नुभएको छ”।

गृहमन्त्री थापाको सचिवलयले भने यो समाचारको पुष्टि अझै सम्म गरेको छैन। तर सचिवालयका एकजना सदस्यले परिस्थिति त्यस्तै बनेको र केहीबेरमा अन्तिम निर्णय लिइने कुरा बीबीसीलाई जानकारी दिए। तरपनि गृहमन्त्री थापानिकट नेताहरू देवप्रसाद गुरुङ र पम्फा भुसाल यसअघि नै प्रचण्ड पक्षमा लागिसकेका छन्।

तर पार्टीका अर्का नेता तथा उपाध्यक्ष वामदेव गौतम कतै पनि लागेका छैनन् भने उनीनिकट धेरै नेताहरु प्रधानमन्त्री के पी ओलीको पक्षमा लागेको पाइन्छ।

हामीलाई प्राप्त जानकारी अनुसार उनी केपी ओली समुहमा दोस्रो वरियता पाउने निश्चित भएपछी त्यता तिर लागेको बताईन्छ।

[ref-bbc]

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *