The Mirror Desk,
काठमाडौँ, अनेकौ शंका र अलमल बीच निर्बाचन आयोगले आगामी निर्बाचनको लागी दल दर्ताको प्रक्रिया अगाडी बढाएको छ। निर्वाचनसँग सम्बन्धित कार्यहरु अब पनि अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न नसकिने निष्कर्ष निकाल्दै आयोगले निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको बुजिएको छ।
आयोगले अहिले निर्बाचन सम्बन्धि आचारसंहिता बनाइरहेको छ भने अर्थ मन्त्रालयसँग निर्वाचनका लागि कति बजेट माग गर्न भन्ने कुराको तयारीमा जुटेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमानै निर्वाचन गर्न र निर्वाचनका लागि आवश्यक पर्ने कामहरु अगाडी बढाउनुपर्ने भएकाले दल दर्ताको आह्वानको सूचना निकाल्ने तयारी गरेको जनाएका छन्।
प्रवक्ता श्रेष्ठले भने, ‘निर्वाचनमा भाग लिन चाहने दलहरूले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नुपर्छ’, अन्यथा काममा ढिलाई भयो भने समयमा निर्बाचन सम्पन्न गर्न कठिन पर्छ’।
नेकपाका दुइ समूह मध्य कुन आधिकारिक हो भन्ने औपचारिक निणर्य नभइकन दल दर्ता गर्नु पर्यो भने ‘प्रचण्ड-नेपाल’ समुहले दल दर्ता गर्नुपर्ने देखिन्छ किनकी निर्बाचन आयोगमा यो दल एउटा मात्र छ र फुटेको छैन। जसको अद्क्ष्य ओली र प्रचण्ड छन् भने महासचिब बिष्णु पौडेल छन्।
[ref-news24]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon