The Mirror
२० फागुन २०७८ को केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले मनोनित हुने केन्द्रीय सदस्यको सूचीमा छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यको नामसमेत अटायो।
दाहाल र आचार्यको नाममात्र होइन मापदण्डसमेत मिचेर केन्द्रीय सदस्यको सूची आएको भनेर राष्ट्रिय सभागृहमा हंगामा भएको थियो। फ्लोरबाट चर्को विरोध पनि भएको थियो।
केन्द्रीय कमिटीले सूची अस्वीकार गरेपछि अर्को केन्द्रीय कमिटीको बैठकमा मनोनित हुनेको सूची सच्याएर आउने आंकलन भएको थियो । तर अहिले उक्त सूचीमा फेरि पनि गंगा र आचार्यसहितको सूची आएको छ।
अघिल्लो साता प्रचण्डकी नातिनी सृष्टि दाहालललाई अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनाएको विषय पनि विवादमा परेको थियो।
त्यसैगरी, अहिले मनोनितको सूचीमा विप्लव माओवादीबाट भर्खरै माओवादी केन्द्रमा प्रवेश गरेका ओमप्रकाश पुन पनि अटाएका छन।
त्यसैगरी, मोहन वैद्य नेतृत्वको माओवादी छोडेर माओवादी केन्द्र प्रवेश गरेका ईश्वरचन्द्र ज्ञवाली र वद्री बजगाईंलाई पनि प्रचण्डले केन्द्रीय सदस्यमा मनोनित गरेका छन।
[ref-kenjokhabar]
अन्तमा यो पनि…