baburam and bamdev

‘अन्तत बाबुराम र वामदेव प्रचण्डको शरणमा’

National News News

The Mirror

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतम अन्तत प्रचण्डको शरणमा परेका छन। आफ्नो कुनै पनि जनाधार नभएका कारण उनीहरुले त्यस्तो गर्नु परेको जनाईएको छ।

त्यसै अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा एकता अभियानका संयोजक वामदेव गौतम नेकपाको चुनाब चिन्हबाट आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन।

मंगलबार सम्पन्न माओवादीको स्थायी समिति बैठकले बाबुराम र बामदेवलाई आफ्नो निर्वाचन चिन्ह ‘हँसिया हथौंडा’बाट प्रतिस्पर्धा गर्न दिने निर्णय गरेको हो।

बाबुरामले ६ वर्ष अगाडि नेपालमा माओवादी विचारधाराको औचित्य समाप्त भएको भन्दै नयाँ शक्ति नेपाल नामक पार्टी गठन गरेर माओवादी त्यागेका थिए।

त्यस यता धेरै पार्टीसँग एकता गर्दै अघि बढे पनि सफलता प्राप्त गर्न नसकेपछि उनी अन्तत माओवादीकै शरणमा फर्केका हुन।

पछिल्लो समय बाबुरामलाई जनता समाजवादी पार्टी नेपालले कारबाही गरेको थियो। लगत्तै उनले नेपाल समाजवादी पार्टी गठन गरे।

त्यसै जारी वामदेव गौतमले एमालेको चर्को आलोचना गरेर माओवादीसँग धेरै नजिकको सम्बन्ध राख्ने नेताको रुपमा चिनिन्थ्यो।

पछिल्लो समय एमाले र माओवादी बीचको एकतापछि बनेको नेकपामा पनि वामदेव तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै पक्षमा थिए तर नेकपा विभाजन हुने अवस्थामा नेकपा एकता अभियान भनेर बसेका उनले पछिल्लो समय उक्त अभियानलाई नै पार्टीको रुपमा रुपान्तरण गरे।

वामदेव र बाबुराम दुबै अहिलेकै अवस्थामा एक्लै निर्वाचनमा सहभागी हुँदा एउटा पनि सिट जित्ने अवस्था छैन। त्यसैले उनीहरुले माओवादीको सहारा खोजेका हुन।

वामदेव र बाबुराम माओवादीकै निर्वाचन चिन्हबाट निर्वाचनमा सहभागी हुने भएपछि उनीहरु पनि वर्तमान सत्ता गठबन्धनमा सामेल हुने निश्चित भएको थियो।

माओवादी र नेपाल समाजवादी पार्टीबीच निर्वाचनपछि पार्टी एकता गर्ने आधारभूत सहमति भएको छ तर पार्टीको नाम के हुने भन्ने विषयमा कुरा मिलेको छैन। बाबुरामले पार्टीको नाम ‘समाजवादी केन्द्र’ राख्नुपर्ने माग गर्दै आएको छ।

तर, माओवादीले माओवादी फगत नाम मात्र नभएर आजसम्मको सम्पूर्ण परिवर्तनको मानक रहेको भन्दै माओवादी नाम छोड्न नसकिने बताउँदै आएको छ।

[ref-drishtinews]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *