Parliament dissolved again

अन्तत संसद फेरि विघटन, दुई चरणमा नयाँ निर्बाचनको घोषणा

National News News

The Mirror Desk

सत्तासिन दल एमालेको आन्तरिक कलहले अन्तत संसद फेरि पनि विघटन भएको छ। जनताले दिएको अभिमतलाई पटक पटक कुल्चनेहरुलाई र सधै भरि सत्ताकै वरिपरि मात्र धुमि रहने पार्टी र नेतालाई जनताले चिन्न जरुरि छ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा मध्यरातमा फेरि प्रतिनिधिसभा विघटन भयो। शुक्रबार राति आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएर ओलीले १२:५० मा प्रतिनिधिसभा विघटनका लागि गरेको सिफारिस राष्ट्रपतिले करिब एक घण्टापछि १ बजेर ४९ मिनेटमा घोषणा गरिन।

संसद विघटन भए संगै नयाँ निर्बाचनको मिति कार्तिक २६ र मंसिर ३ गते तोकिएको छ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधि सभा विघटन गर्न र अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन २०७८ साल मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गरेकी हुन्।

यसअघि पनि प्रधानमन्‍त्री ओलीले पुस ५ गते संसद विघटन गरेर चुनावमा जाने निर्णय गरेका थिए। तर ओलीको त्यो कदमलाई सर्वोच्चले बदर गर्दै संसद् पुनःस्थापना गरिदिएको थियो।

फागुन २३ सुरु भएको पुनःस्थापित संसद्को अधिवेशन डेढ महिनासम्म चल्यो। यो बीचमा पटक-पटक अविश्वास प्रस्तावको हल्ला र चर्चा चल्यो तर त्यो प्रयासले आकार लिन सकेन।

विपक्षीहरू अविश्वास प्रस्तावका लागि अलि तात्दै गर्दा गत वैशाख ६ मा सरकारले पुनःस्थापित संसद्को अधिवेशन नै अन्त्य गरिदियो। त्यसपछि माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदै ओलीले विश्‍वासको मत लिन संसद्को अधिवेशन बोलाएका थिए।

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *