‘अन्तत सबैबाट अपहेलित हुदै बिदा भए रास्ट्रपति डोनाल्ड ट्रम्प’ [भिडियो सहित]

International News News

E.SHARMA,

लण्डन, अन्तत चार बर्षको कहाली लाग्दो समय पछि अमेरिकामा ‘ट्रम्प युग’ को समाप्त भएको छ। यो अबधिमा अनेकौ उतार-चढाब भए। सन्की र आवेगको भरमा सासन गर्न खोज्ने डोनाल्ड ट्रम्प चारैतिरबाट निकै आलोचित भए। उनको समयमा सम्बन्धहरु निकै चिसिए अनि लाखौ मानिसहरुले अपमान सहनु पर्यो उनकै कारणले। मुस्लिम, बिदेशी, महिला काला जतिहरु र अल्पसख्यक प्रति ट्रम्पको ब्याबार बाट बिश्व निकै आतिएको थियो र उनीहरु माथी निकै प्राहार गरे। तर उनले देशको लागी कति गरे त्यो अमेरिकी जनतालेनै मुल्यांकन गर्नेछन।

आफ्नो समयभरी डोनाल्ड ट्रम्प आलोचित मात्रै भए। कसैको कुरा नसुन्ने बानी परेका उनलाई बिश्व जगतले निकै हेलाको दृष्टिले मात्र हेर्यो। उनले आफ्नो कार्यकाल भरी निकै बिबादित निर्यणहरु मात्र गरिरहे। सबै संग सम्बन्ध बिगारे। नरम हुन नजान्ने बानीले उनलाई अन्तत घर फर्काइदियो।

आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्। अहिले व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट बन्चित ट्रम्पले छोटो भिडिओ सम्बोधनमा आफ्नो प्रशासनको बचाउ गर्दै थोरै मेलमिलापको आशय झल्किने बयान दिएका छन्।

यो समाचारमा हामी उनले जानु अगाडी उनले के के सम्बोधन गरे भनेर छोटकरीमा चर्चा गर्नेछौ, मुख्य कुरा यस्ता थिए।

१) ”अहिले जब म बुधवार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदैछु, म चाहन्छु कि तपाइँहरूले बुझ्नुहोस् हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ”।

२) “राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चिजमाथिको आक्रमण हो। त्यसलाई कहिल्यै पनि सहन सकिँदैन”।

३) ”खासगरि कुनै नयाँ युद्ध नछेडेको पहिलो राष्ट्रपति बन्न पाएकामा म एकदमै गौरवान्वित छु”।

४) “हाम्रा एजेन्डा दक्षिणपन्थी वा वामपन्थी थिएन। त्यो रिपब्लिकन वा डेमोक्र्याट पनि थिएन। बरु सम्पूर्ण राष्ट्रका निम्ति जे सही हुन्छ त्यही थियो”।

५) “हामीले हाम्रा सहयोगी गठबन्धन तथा राष्ट्रहरूलाई अभूतपूर्व ढङ्गले चीनको सामना गर्न सहयोग गर्‍यौँ”।

६) ”हाम्रो बलियो कूटनीति एवं सिद्धान्तनिष्ठ यथार्थवादका कारण हामीले मध्यपूर्वमा ऐतिहासिक शान्ति सम्झौताहरू गर्न सक्यौँ”।

७) “हामी यहाँ जे गर्न भनेर आएका थियौँ हामीले त्यो गर्‍यौँ र अझ धेरै गर्‍यौँ”।

८) ”सबभन्दा मुख्य कुरा हामीले अमेरीकी सरकार जनताप्रति जबाफदेही हुन्छ भन्ने पवित्र मान्यता पुनर्स्थापित गर्‍यौँ।”

९) “हामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ”।

१०) “अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ”।

[ref-bbc]

उनको जिबनी (बायोग्राफी) सम्बन्धी जानकारीको लागी तलको भिडियो हेर्नुहोस

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *