The Mirror
नेपाली कांग्रेसले पार्टीभित्र अन्तरघात नभएको भए चार सय भन्दा बढी पालिका प्रमुख जित्ने जनाएको छ।
चुनावी समीक्षाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा प्रकाश शरण महतले पार्टीभित्र अन्तरघातको समस्या अहिले पनि हट्न नसकेको जनाए।
उनले भने, ‘अहिले पनि हाम्रो पार्टीमा अन्तरघातको समस्या समाधान भएको छैन, ‘यदि अन्तरघात नभइदिएको भए हामीले यतिमात्र होइन झण्डै चार सय बढी स्थानमा जित्थ्यौँ’।
उनले यस विषयमा सम्पूर्ण सूचना आइसकेपछि पार्टी केन्द्रीय समितिले गम्भीर रुपमा समीक्षा गर्ने पनि बताए।
महतले काठमाण्डाैमा राजनीतिक दल पराजय उन्मुख हुनु नेकपा एमालेले पाँच वर्षमा गरेका कामहरूकाे कर्तुत भएको जिकिर गरे।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बाेल्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले हालेको विकृतिको घानमा नेपाली कांग्रेस समेत परेको बताए।
उनले केही ठाउँमा स्वतन्त्र उम्मेदवार विजयी भइरहेको भन्दैमा नेपाली कांग्रेस र राजनीतिक दलहरू नै सकिएको भन्ने मूल्याङ्कन गर्न नमिल्ने पनि बताए। उनले काठमाण्डाैमा राजनीतिक दलहरू स्वतन्त्र उम्मेदवारसामु निरीह बन्नु एमालेले सिर्जना गरेको विकृतिको प्रतिक्रिया भएको समेत दाबी गरे।
[ref-tvannapurna]
अन्तमा यो पनि…