astronauts returned to Earth after six months

अन्तरिक्षमा छ महिना बसेर पृथ्वीमा फर्किए चार अन्तरिक्ष यात्रीहरु

Science & Technology

The MIrror Desk

नासा का अनुसार स्पेस–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्रीहरु पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका छन। उनीहरु अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छ महिना रहेका थिए। जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गामार्फत् उनीहरूलाई बाहिर निकालिएको थियो।

उनीहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे छ घण्टा लागेको नासाले जनाएको छ। गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा उनीहरूले अवतरण गरेका थिए

एलन मस्कले निर्माण गरेको स्पेस–एक्सबाट गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा पुगेका थिए।

अझै पनि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा सात जना अन्तरिक्ष यात्रीहरू रहेका छन। उनीहरू पनि स्पेस-एक्स मार्फत् गत हप्ता नै अन्तरिक्षमा पुगेका थिए।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *