After spending 90 days in space, three Chinese astronauts returned to Earth

अन्तरिक्षमा ९० दिन बिताएर तीन चिनिया अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

International News News Science & Technology

The MIrror Desk

चीनको इतिहासमै अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सफल पारेर तीन जना अन्तरिक्षयात्रीहरु पृथ्वीमा सफलतापुर्बक फर्किएका छन्।

ति तीनजना चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो-१२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए।

उनीहरू पृथ्वीको सतह भन्दा करिब ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको ‘टियाहे मोड्यूल’ मा ९० दिन बसेका थिए।

चीनको यो पछिल्लो सफलताले अन्तरिक्षमा उसको आत्मविश्वास र क्षमता निकै नै बढेको छ।

पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो।

न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १:३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन्। सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो।

अन्तरिक्ष केन्द्रको बसाइको समयमा चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म “अन्तरिक्षमा हिँड्ने” काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ।

उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको कुरा पनि ग्लोबल टाइम्सले जानकारी दिएको छ।

केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठूलो फड्को मारेको छ।

[ref-bbc]

अन्तमा बाबुराम भट्टराईको यो भिडियो पनि हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *