gajurel gajurel

अन्तर्राष्ट्रिय ठग गिरोहबाट कलाकार मनोज गजुरेलमाथि ठगी गर्ने प्रयास

National News News

The Mirror Desk

वरिष्ठ हास्य कलाकार मनोज गजुरेलले आफूमाथि अन्तर्राष्ट्रिय ठग गिरोहबाट ठगीको प्रयास भएको जनाएका छन्।

उनले सामाजिक संजाल फेशबुकमा आफूमाथि ठग्ने प्रयास भएको जानकारी दिएका छन् । कलाकार गजुरेलले कल आएको नम्बरसहितको मोवाइल स्क्रिन सट सार्वजनिक गर्दै ठगी गर्ने गिरोहसँगको संवाद समेत सार्वजनिक गरेका छन्।

गजुरेलका अनुसार ठगी गिरोहले फोन गरेर ‘म काैन बनेगा करोडपति मार्केटिङ अफिसर राहुल’ भनेको र उनीसँग कुराकानी अघि बढाउँदा तपाईँको नम्बर भाग्यशाली नम्बरमा १ लाख परेको र उक्त पैसा निकाल्नुअघि तपाईँले पैसा पठाउनु पर्ने भनेको उल्लेख गरेका छन्।

सोका लागि पैसा पठाउनका लागि एनआईसी एशिया, ग्लोबल आइएमई, प्रभू बैंक, इभरेष्ट बैंक इत्यादि प्रयोग गर्न सक्नुहुनेछ भनी बताउँदै यदी नभए खाता खोल्न या खात नम्बर दिलाउन उक्त गिरोहले अनुरोध गरेको उल्लेख गरेका छन्।

तर आफूले ठग भनि पहिचान गरिसकेकोले आफू नफसेको उनले उल्लेख गरेका छन्। नेपालमा चेतनाको कमी, अनभिज्ञता र अर्थिक प्रलोभनका कारण अनलाईन ठगी हुनेहरुको संख्या बढ्दो छ। दिनहुँ जासो यसरी धेरै नेपालीहरु ठगिने गरेको नेपाल प्रहरीलेसमेत बताउदै आएको छ।

हेर्नुहोस उनले सार्बजनिक गरेको स्क्रिन सट

[ref-news24]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *