Gagan thapa

‘अबको पाँच वर्षपछि प्रदेश सरकार नरहन सक्छ’

National News News

The Mirror

काँग्रेस महामन्त्री गगन थापाले आगामी ५ वर्षमा प्रदेश सरकार रहने वा नरहने भन्ने विषयको निणर्य हुने बताएका छन।

काँग्रेसको प्रदेशसभाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले प्रदेश सरकार सञ्चालनको प्रक्रियामा सफल हुन नसकेको बताए।

उनले प्रदेश सरकार सञ्चालन गर्ने प्रक्रियामा ५ वर्षसम्म संघीय सरकार र प्रदेश सरकार स्वयं पनि चुकेको दाबी गरे।

उनले संघीय सरकारले प्रदेश किन बनाएको र के का लागि भन्ने कुरा नबुझ्दा नागरिक तहबाट हेर्दा प्रदेशप्रतिको औचित्य नरहेको पनि बताए।

महामन्त्री थापाले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछि बनेको सरकारले पनि प्रदेश सरकारको औचित्य कामबाट, परिणामबाट स्थापित गर्न नसके प्रदेश बिघटन गर्नु नै उत्तम हुने दाबी पनि गरे।

बाँकी ५ वर्ष प्रदेश सरकारका लागि अन्तिम परीक्षा भएकोले काम गर्न नसके प्रदेश सरकार रहन नसक्ने स्पस्ट पारे।

उनले प्रदेश सरकारहरु भ्रस्टचार र कुशासनको अखडा बनेको कारण जनता यसप्रति आक्रोशित भएको पनि बताए।

यदि प्रदेश सरकार यहि तरिकाले गैरहने हो भने यो सरकार खारेज हुने स्पस्ट पारे।

[ref-nepalsamaj]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *