“अबको प्रधानमन्त्री म”

National News News

The Mirror Desk

काठमाडौँ, देशमा निर्बाचनको मिति तोकिएको छ तर पनि धेरै कुराहरु अनिच्छित नै छन्। सत्तासिन पार्टीको आधिकारिकता र संसदको बिघटन सम्बन्धि मुख्य कुराहरु विचाराधीन छन्। अनेकौ पार्टीका अनेकौ बिचार पनि रहेका पनि छन्। अहिले नेपाली काँग्रेसले के गर्ला भन्ने कुरा पनि मुख्य मानिएको छ।

यसै क्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले अबको प्रधानमन्त्री आफु भएको दाबी गर्न सुरु गरेका छन्। धेरै समय अघि बुटवलका एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छन्’ भनिदिएको विषय अहिले फेरि पार्टीभित्र चर्चामा आउन थालेको छ। केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभा पुनःस्थापना भए पनि काँग्रेस निर्णायक शक्ति हुने र चुनाब भएपनि काँग्रेसले जित्ने दाबी गरे। उनले हासोको रुपमा भने ”प्रधानमन्त्रीको लाइनमा को-को हुनुहन्छ, एकपटक ज्योतिषीकोमा हेराउन जाने हो कि”।

नेता कार्कीले उक्त कुरा बोलिरहदा सभापति देउवा मख्ख थिए र बोलेर सकिनासाथ कार्कीको भनाइको जवाफ पनि दिइहाले, ‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ’। एक नेताले भने “हाम्रा सभापतिलाई प्रधानमन्त्री बन्न कति आशक्ति छ भन्ने कुरा उहाले बैठकमै देखाउनुभयो। सत्ताका लागि जे पनि गर्न पछि नपर्ने छवि बनाएका देउवाले प्रतिनिधिसभा विघटनको घटनालाई आफ्नो प्रधानमन्त्री पद सँग तुलना गर्न थालेको भनी पार्टी भित्र निकै चर्को आलोचना सुरु भएको छ।

[ref-abpnepal

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icons Here:–

Leave a Reply

Your email address will not be published. Required fields are marked *