The Mirror Desk,
काठमाडौँ, नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर तथा पूर्व क्याप्टेन पारस खड्काले आगामी सन् २०३९ सम्ममा नेपाललाई विश्वकप जिताउने आफ्नो लक्ष्य रहेको बताएका छन्। उनले उक्त कुरा बुधबार बलियो नेपाल कप यु-१६ क्रिकेट प्रतियोगिताको घोषणा कार्यक्रमको समारोहमा भनेका हुन्।
खडकाले बलियो आत्मबिस्वासका साथ् भने, ‘पहिला हामीले २०१३-१४ सम्ममा विश्वकप खेल्न सक्छौं भन्दा मानिसहरू हाँस्थे,हामीसँग अझै १९ वर्ष बाँकी छ, बलियो नेपाल कप त्यसको सुरुवात हुन सक्छ’।
उनले आफुले सपना देख्न छाड्न नहुने बताउँदै भने,’सपना नै देख्नु छ भने हामीले ठूलो सपना देख्न किन नहुने, नेपाली क्रिकेटको जग बलियो बनाउन विद्यालयस्तरका कार्यक्रमलाई जोड दिनु पर्छ’।
टेस्ट म्याचको बारेमा उनले भने, ‘हामीले पहिला त टेस्ट मान्यता पाउनु पर्छ त्यसको लागी स्थानीय स्तरमा क्रिकेट लैजान सक्नुपर्छ, अनि हामी विश्वकप जित्ने लक्ष्यमा अघि बढ्न सक्छौं, २०३९ कै नभएपनि त्यो २०४९ वा २०२९ को पनि हुन सक्छ’।
[ref-setopati]
अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस…
जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’
उनले बोलेको कुरा यो भिडियोमा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons