अबदेखि सगरमाथाको उचाइ ८८४८.८६ मिटर

National News News

काठमाडौँ, हाम्रो सान र गौरब अनि विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर बाट बढेर ८८४८.८६ मिटर कायम भएको छ। मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ सार्वजनिक गरेका हुन्। नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो। मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा संयुक्त रूपमा उक्त शिखरको नयाँ उचाइ सार्वजनिक गरिएको हो।

पहिलो पटक सगरमाथाको उचाइ सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो। जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो। सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन। सगरमाथाको उचाइ जस्तै हामी नेपालीहरुको गौरब र शान पनि बढ्दै जाओस।[ref-kantipur]

2 thoughts on “अबदेखि सगरमाथाको उचाइ ८८४८.८६ मिटर

  1. highest mountain of the world Mount Everest. its the proud of Nepal. now the history of Nepal has been changed

  2. Mount Everest the pride of Nepal. But not only Everest the hight of all the mountains are increasing gradually its naturally. History created for Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *