‘अब देखी कुन-कुन आइफोनमा व्हाट्सएप चल्दैनन्’

Science & Technology

E.SHARMA,

लण्डन, लोकप्रिय सोसल मिडिया एप व्हाट्सएपले अबदेखि केही आइफोनहरुमा काम नगर्ने भएको छ। ग्याजेट्सनाउका अनुसार आइओएस ९ संस्करणमा चलिरहेका आइफोनमा व्हाट्सएप नचल्ने भएको हो। हाल व्हाट्सएपको संस्करण आइओएस २.२१.५० बेटा रहेको व्हाट्सएपको फिचर र परिवर्तन ट्रयाक गर्ने वेबसाइट ‘वाबबेटाइन्फो’ले बताएको छ। बताइए अनुसार सो एप आइओएस १० भन्दा माथिको संस्करण भएका आइफोनहरुमा मात्र चल्ने उल्लेख गरिएको छ।

यी आइफोनमध्ये आइफोन-४ देखिका अघिल्ला आइफोनहरुमा एपले सपोट गर्ने छैन। आइफोन-४ एस, आइफोन-५, आइफोन-५ एस, आइफोन-६ र आइफोन-६ एस मोडलमा भने आइओएस ९ संस्करण अपडेट हुनुपर्छ। हाल आइफोनको नयाँ आइओएस अपडेट आइओएस १४.४ सम्म छ।

अबदेखि व्हाट्सएपले आफ्नो प्रणालीमा नयाँ अपडेट पनि थपेको छ। व्हाट्सएपका अनुसार प्रयोगकर्ताले आरकाइभ्ड च्याटबाट मेसेज पाउने बित्तिकै यसको आरकाइभ्ड फिचर हट्दैन। यो फिचर अब चाँडै आइओएस र एन्ड्रोइडको नयाँ अपडेटमा आउने व्हाट्सएपले जानकारी दिएको छ।

केहि अघि मात्र व्हाट्सएपले आफ्नो पोलिसी परिबर्तन गरेर प्रयोगकर्ताको विवरण स्टोर गरेर राख्ने भएपछी धेरै प्रयोगकर्ताले यो एपलाई आफ्नो फोनबाट हटाएका थिए। कम्पनीको उक्त कदमको व्यापक आलोचना भएपछि उसले सुधार गर्ने जनाएको थियो।

[ref-Fexpress]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लाबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *