The Mirror Desk
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता झलनाथ खनाललाई अबस्था झन् झन् जटिल भएपछी थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ।
उनलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लगिएको खनालको सचिवालयले जनाएको छ। खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ।
निकै कडा ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार बिहान काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। तर त्यहा सुधार नभए पछि दिल्ली लगिएको हो।
यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किएका थिए। केहि महिना अघि मात्र पनि खनाल भारतको नयाँ दिल्लीमा उपचार गरेर फर्किएका थिए।
नेताहरु सानो सानो बहानामा पनि उपचारको नाममा दिल्ली जाने परिपाटी नौलो कुरो होइन। नेपालमा सत्ताको बाडफाड दिल्लीबाट हुदै आएको कुरा प्रमाणित भईसकेको छ।
[ref-online khabar]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team