TM Madhav Nepal

‘अब आउने निर्बाचनमा एमाले सँग गठबन्धन हुन सक्छ’:- माधब नेपाल

National News News

The Mirror

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन।

उनले आफ्नो पार्टीलाई अपेक्षा गरेअनुसार स्थानीय तह निर्वाचनमा मत नआएको भन्दै गठबन्धनका घटकहरुले नै आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको स्पस्ट पारे।

२९ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकता कुरा बताएका हुन्।

उनले भने, ‘हाम्रो पार्टी निर्माणको सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ, हामी निर्वाचन र गठबन्धनको गम्भीर समीक्षा गर्नेछौं र निर्वाचनका बेलामा हामीबाट भएको गल्तीलाई आगामी दिनमा सच्चाई अगाडी बढ्नेछौ’।

भर्खरै सम्पन्न निर्बाचन सम्बन्धि उनले भने, ‘अहिले सम्मको निर्वाचनको परिणाम हेर्दा हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला तर संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौं, सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौं’।

नेपालले अगाडी भने, ‘झण्डै १५-२० पालिकाका प्रमुख र उपप्रमुख जित्ने स्थिति बनेको छ, ‘कतिपय ठाउँमा राम्रै अवस्था पनि छ भने कतिपयमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं;।

येस्तै अवस्था रहेमा अब आउने संघ र प्रदेशको निर्बाचनमा एमाले सँग गठबन्धन हुन सक्ने पनि नेपालले स्पस्ट पारे।

नेपालले पार्टीलार्य वैचारिक रुपमा बलियो बनाउनुपर्ने र बिगतका गल्ति र कमजोरीबाट सिकेर अगाडी बढ्ने पनि बताए।

[ref-sudarshankhabar]

Are you looking to work with social media? You can work as a live chat assistant from home. Click here to apply

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *