uml leader bhim rawal

‘अब कर्णालीको आगो देशभरि सल्किन्छ’:- भीम रावल

National News News

The Mirror Desk,

धनगढीमा आयोजित एक कार्यक्रममा बोल्दै एमाले नेता भीम रावलले कर्णाली प्रदेशमा एमालेका सांसदहरूले आफ्नो लागि नभई पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको बताएका छन्।

उनले भने, ‘पार्टी जोगाउनका लागि पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्ने कुराको विरुद्धमा त्यहाँका साथीहरूले साथ दिएका हुन, आवश्यक परे सुदूरपश्चिमले पनि यस्तो कदम चाल्नसक्छ, पूर्वले पनि चाल्न सक्छ, र अन्तमा देशभर त्यस्तो हुनसक्छ, कार्यकर्तालाई मनपरी निकाल्न खोज्यो भने यस्तो कदम चाल्न सक्छौं’।

उनले थपे, ‘कर्णालीमा मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले कर्णालीका प्रमुख सतेचक हटाउने वा राख्ने विषयमा एकलौटी निर्देशन दिँदै पत्र पठाएदेखि नै यसको बिऊ रोपिएको हो, त्यो बिऊ अहिले उम्रियो, ठूलो भयो र फल झर्यो’।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *