sher bahadur deuwa

‘अब केपी ओली फेरि सत्तामा आउने छन’

National News News

The Mirror

बुधबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले पूर्व प्रधानमन्त्री तथा एमाले अदक्ष केपी शर्मा ओली फेरि सत्तामा आउन सक्ने प्रबल सम्भाबना रहेको बताएका छन। उनले गठबन्धनमा मत नहाले ओली फेरि सत्तामा आउने बताए।

देउवाले स्थानीय तह निर्वाचनका लागि गरिएको चुनावी गठबन्धनलाई धोका नदिन उनिहरुलाई भोट हाल्न पनि कार्यकर्तालाई निर्देशन दिए।

ओलीले गर्न सक्ने गलत कदमका बिरुद्ध गठबन्धनका पक्षमा मत हाल्न मतदातालाई आग्रह पनि गरे।

देउवाले प्रधानमन्त्री प्रतिगमनलाई रोक्न भएको बताउँदै उनले गठबन्धन पनि त्यही आवश्यकता अनुसार बनेको दाबी गरे। अहिले आफ्नो पार्टीको टाउकोमा ठूलो जिम्मेवारी रहेको भन्दै देउवाले कसैको पनि एकल बहुमत नभएकाले कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको स्पस्ट पारे।

प्रधानमन्त्री देउवाले ६५ वर्षमाथिका नागरिकलाई मासिक पाँच हजार भत्ता दिने योजना सरकारको रहेको पनि बताए।

नेता डा. शेखर कोइरालाले लोकतन्त्रको रक्षाका लागि सत्तारुढ गठबन्धनलाई भोट दिनुपर्ने बताए।

चुनावी सभामा कांग्रेस नेता रामचन्द्र पौडेलले संविधानको रक्षाका निम्ति गठबन्धन आवश्यक भएको बताएका थिए।

[ref-pathivara]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *