‘अब छिट्टै पूर्व एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउँछु’:- प्रधानमन्त्री

National News News

The Mirror Desk,

काठमाडौँ, सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएपछि चारै तिरबाट प्रतिक्रियाहरु आइरहेका छन। फैसला अनुसार पूर्व एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको मानिएको छ। यो फैसला पछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले छिट्टै पुर्ब एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउने बताएका छन्।

बालुवाटारमा आइतबार साँझ बसेको ओली समुहको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सर्वोच्च अदालतबाट पत्र प्राप्त भइसकेको हुँदा छिट्टै पूर्व एमालेको केन्द्रीय कमिटीको बैठक बोलाउने बताएको कुरा उनि निकट सांसद सूर्य पाठकले जानकारी दिए।

पाठकले भने, ‘प्रधानमन्त्रीले अब छिट्टै पूर्व एमालेको केन्द्रीय कमिटीको बैठक बोलाएर अरु कामहरु अगाडी बढ़ाउछु भनेर भन्नु भएको छ’। पाठकले भने, ‘प्रधानमन्त्री सभामुखको भूमिकालाई लिएर असन्तुस्ट हुनुहुन्छ, सभामुख साझा व्यक्ति हो तर उहाँ सिधै राजनीतिक विषयमा प्रवेश गर्नुभयो, यो संसदको गरिमाअनुरुप भएन’ भन्ने गुनासो प्रधानमन्त्रीको थियो’।

[ref-kantipur]

अन्तमा यो पनि

भ्रस्ट नेताहरुलाई पूर्व IGP खनालको चेतावनी

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *