prachanda

‘अब छिट्टै शसक्त र बोल्ड निर्णय लिन्छु’:- प्रचण्ड

National News News

The Mirror Desk

पार्टीको स्थायी कमिटी बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रिङ गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जसपाले लिने निर्णयका आधारमा आफ्नो पार्टीले अर्को शसक्त र बोल्ड कदम चाल्ने बताएका छन। प्रचण्डले एक/दुई दिनभित्र यस्तो निर्णय लिइने बताए।

बैठकमा उनले भने, ‘हामीले अहिले जसपाको निर्णय हेरेका छौं, जसपाले बैठक बसेर ठोस निर्णय गर्ने भनेको थियो तर त्यहाँ विवाद भएको थियो, जसपाले एक/दुई दिनमा निर्णय लिन्छ, त्यसका आधारमा हामी पनि अर्को कदम चाल्छौं’।

अबको दुइ दिनमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने गृहकार्यमा कांग्रेस र माओवादी थिए। पछिल्लो राजनीतिक अवस्थाबारे बिफ्रिङका लागि दाहालले मंगलबार आकस्मिकरुपमा स्थायी कमिटी बैठक बोलाएका थिए।

सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता नलिएको भन्दै माओवादी केन्द्रको आलोचना भइरहेको छ। अब माओवादीले अविश्वास प्रस्ताव दर्ता र समर्थन फिर्ताको पत्र एकैसाथ अगाडि बढाउने रणनीति लिएको हुनसक्छ।

सो पार्टीका नेता नारायणकाजी श्रेष्ठले दाहालको बिफ्रिङ जस्तै स्थायी कमिटी बैठकपछि आफ्नो पार्टी वर्तमान ओली नेतृत्वको सरकार विस्थापन गर्न पर्खिरहेको बताए।

नयाँ सरकार गठनका लागि ‘जसपा’ को साथ अनिवार्य भएकाले उक्त पार्टीको निर्णयलाइ आफुले कुरिरहेको कुरा पनि श्रेष्ठले स्पस्ट परे।

[ref-kantipur]

धुर्मुस किन रोए???

यो भिडियो हेर्नुहोस

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *