‘अब देशमा भयानक युद्ध हुन्छ, केपी ओलीलाई भित्तामा पुराएरै छाड्छु’:- प्रचण्ड

National News News

The Mirror Desk,

काठमाडौँ, नेकपा ‘प्रचण्ड-नेपाल’ समुहका अध्यक्ष प्रचण्डले केपी ओलीको बारेमा निकै नै आक्रोश पूर्ण अभिव्यक्तिहरु दिईरहेका छन्। पछिल्लो समय यो समूह प्रधानमन्त्री प्रति आक्रामक भएको छ। प्रचण्ड, माधब नेपाल, झलनाथ खनाल, योगेश भट्टराई अहिले केपी ओलीको बिरुद्ध सबैभन्दा बढी आलोचना गर्ने नेताहरुमा पर्छन।

यसै क्रममा काठमाडौँमा भएको एक कार्यक्रममा सो समुहका अध्यक्ष प्रचण्डले देशमा भयानक युद्ध हुने र त्यसमा आफ्नो जित हुने दाबी गरेका छन्। प्रधानमन्त्री के पी ओलीलाई हराएर भित्तामा पुराइदिने उनले उद्घोष गरेका छन्। आफु उनको बिरुद्धमा लागिसकेको र कुनै पनि हालतमा पछि नफर्कने चेतावनी दिए। उनले अब आन्दोलन शाकाहारीमा मात्र सिमित नहुने बताउदै आबास्यक परे लाठी, मुग्रा र भिडन्तसम्म गर्ने बताए। सडकमा टुसुक्क बसेको भरमा ओलीको सत्ता नछाड्ने बुझेर उनले आक्रामक हुन पार्टी निकट युवा र बिद्यार्थीहरुलाई निर्देशन दिएका छन्। उनको समुहले माघ-९ मा शक्ति प्रदर्शन गर्ने समेत बताए। मुठभेड र हिंसा हुनसक्ने भन्दै सुरक्षा निकाय शतर्क भएको समाचार छ।

अन्तमा यो पनि हेर्नुहोस है

बाबुरामको भारत प्रेम

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *