jhalnath khanal

‘अब धेरै बालेनहरु जन्मनेछन अनि बिस्तारै पार्टीहरू समाप्त हुनेछन’

National News News

The Mirror

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले राजनीतिक दलहरूलाई सुध्रिन सुझाव दिनुभएकाे छ।

प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा सरकारको आउँदो वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले उक्त सुझाब दिएका हुन्।

उनले भने, ‘अब राजनीतिक दल ठिक ढङ्गले चल्न नसके धेरै बालेन जन्मिने छन् र राजनीतिक दलको अस्तित्व समाप्त पारिदिने छन’।

खनालको भनाइ छ, ‘अन्यायपूर्ण भूसम्पती वितरणलाई न्यायोचित वितरणमा रुपान्तरण गर्न पनि भूमिसुधार गर्न आवस्यक छ, यी उद्देश्य प्राप्तिका लागि भूमिसुधार अनिवार्य रहेको र त्यो जुन सरकारले गरेपनि हुन्छ, यदि त्यसो नगरे मुलुकमा धेरै बालेनहरु जन्मिएर उनीहरुले राज्य गर्ने र राजनीतिक पार्टीहरू समाप्त भएर जाने छन’।

उनले चेतावनी पूर्ण भाषामा भने, ‘यदि त्यो ढंगले अगाडि बढ्न सकेनौ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौ र धेरै बालेनहरु जन्मनेछन र बालेनहरुले राज्य गर्नेछन्, पोलिटिकल पार्टीहरूको अस्तित्व र उपादेयता समाप्त हुनेछ’।

नेता खनालले नेपालको सिमाना सुरक्षा, नेपालको भूमि संरक्षण गर्नुपर्ने विषयमा राष्ट्रिय सहमति जुटाउन आवश्यक भएको बताउदै श्रमजीवी वर्ग समेटिने नीति तथा कार्यक्रम नभएको उल्लेख गर्दै गरिबी निवारणसम्बन्धी नीति हुनुपर्ने बताए ।

उनले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नुपर्ने र देशमा उद्योगधन्दा सञ्चालनका विषयलाई ध्यान दिनुपर्नेमा पनि जोड दिए।

[ref-tvannapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *