ramchandra poudel

‘अब प्रधानमन्त्री हुने पालो मेरो’:- रामचन्द्र पौडेल

National News News

The Mirror

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अब प्रधानमन्त्री बनेर देशको कार्यकारी अधिकार लिएर आफुले राम्रो काम गर्ने बताएका छन्।

राजनीति अस्थिरता, शुशासन, भ्रष्टचार, लोकतन्त्र र सामाजिक न्यायको कारणले नेपालमा विकास हुन नसकेको उनले बताए।

आफुहरु गठबन्धन नगरी गएको भए यो भन्दा रामो मत नआउने र संविधान, लोकतन्त्र, परिर्वतन र मुलुकलाई स्थिरतामा ल्याउन गठबन्धन गरेकोे पनि उनले बताए।

आफुले यो देशको कार्यकारीको अधिकार लिएर काम गर्ने चाहना भएकोले आफु अहिले पनि राजनीतिमा सक्रिय भएर लागिपरेको पनि उनले बताए।

उनले भने– म केही गर्न चाहान्छु, म त यो देशमा कार्यकारी अधिकार लिएर यो देशको राष्ट्रको उधार गर्ने चाहान्छु, अहिले सम्म प्रधानमन्त्री चलाउँनेहरुको काम हेरेको छु, मलाई खस्स–खस्स लागे चाहि म नढाटि भन्छु, मलाई केही गर्न मन छ र मा अझै पनि पोलिटिक्समा सक्रिय छु’।

उनले अगाडी थपे, ‘अहिले पनि म केही गर्न चाहान्छु, यो देशको लागि म यो देशको लागि कुनै खास सिस्टम बसार यो देशलाई विकासको जग बसाएर यो मुलुकलाई एउटा बाटो दिन चाहान्छु’।

‘मंसिरमा गठबन्धन सहित कंग्रेसले सत्ताको नेतृत्व पाउछ, के तपाईनै प्रधानमन्त्री बनेर देश बनाउनुहुन्छ’ भन्ने प्रत्रकारको प्रश्नमा उनले भने..

‘हो हुन्छ त्यो आशा नभएको कारण केही राजनीतिमा हुदैन, देउवाले दिन्छन् दिदैनन् अकै कुरा आउँछ, पाउने नपाउने कुरा अर्काे हो, कर्ममा तिम्रो अधिकार छ फलमा अधिकार छैन, त्यो त म पनि मान्छु, फलमा मेरो अधिकार म अहिले हुन्छु भनेर ‘ग्यारेन्टी छैन, तर म एउटा लक्ष्य लिएर अगाडी बढेको मान्छे हो म गर्न चाहान्छु गर्ने चाहाना मेरो देशको लागि केही गर्ने काम गरेर देशलाई राम्रो बनाएर देखाउँने मरो त्यो आंकाक्षा छ, कार्यकारी अधिकार प्रयोग गरेर नेपालको लागि एउटा निर्णायक गर्न मौका पाउँने हो भने केहीन केही देशको लागि उपलब्धी पूर्ण काम हुन्छ’।

[ref-dainiknews]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *