rabi lamichhane

‘अब वर्षौं पुराना भ्रष्ट्रचारका फाइल खोलिन्छन’:-रवि लामिछाने

National News News

The Mirror

पूर्व संचार कर्मी रबि लामिछानेले चितवनमा भएको पत्रकारसम्मेलन मार्फत अब पार्टीको मुख्य नीति के के हुने छ भन्ने कुराको बर्णन गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले वर्षौं पुराना भ्रष्ट्रचारका फाइल खोलिने र भ्रष्ट्रचारीलाई जेल कोच्ने बताए।

भरतपुरमा पत्रकारसम्मेलनको आयोजना गरी लामिछानेले शंकास्पद नेता, कर्मचारी, व्यापारीहरुको अनुसन्धान तिब्र र प्रभाबकारी तरिकाबाट गरिने पनि स्पस्ट बताए।

उनल भने, ‘भष्ट्रचार कहिलै पनि सहिन्न कसैलाई पनि छोडिन्न, भ्रष्ट्रचारीका सम्पूर्ण सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिन्छ, फास्ट ट्रयाक कोर्टमार्फत् वर्षौंदेखि अड्किएका पुराना मुद्दाको तुरुन्तै छिनोफानो गरिनेछ’।

उनले विधिको शासनमार्फत् नेपालको संविधानले परिकल्पना गरे अनुसारको समाज स्थापना गर्ने पनि बताए।

उनले अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले धर्म, संस्कृति र सम्पदाको जगेर्ना, सीमा सुरक्षा, जनताको स्वास्थ्य, शिक्षा, अपराध अनुसन्धानमा तीब्रता दिने छ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी भाृतसंगठन रहित हुने पनि स्पस्ट पारे। पार्टीको सदस्यमा नै सार्वभौमिकता निहित हुने उनको भनाइ छ।

चितवन भेलाका लागि शुक्रबार चितवन आएका लामिछानेले चितवनले आफूलाई धेरै मायाँ गरेको बताउदै यदि पार्टीले निर्णय गरेमा चितवनबाट नै चुनावमा उम्मेदवार बन्ने सक्ने सम्भाबना रहेको स्पस्ट पारे।

चितवनमा भएको राष्ट्रिय स्वतन्त्र पार्टी जिल्ला भेलाले नयाँ कार्यसमिति समेत चयन गर्नेछ।

[ref-nagarik]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *