brainchip

‘अब शरीरमा जडान हुनेछन सिम कार्ड र चिप, स्मार्टफोन प्रयोग बिहिन’

Science & Technology

The Mirror

पछिल्लो समय धेरै देशहरूले फाइभ जी प्रविधि सुरु गरिसकेका छन। नेपालमा भने यो प्रविधि अझैसम्म आइसकेको छैन तर फाइभजी आउनुअघि नै निकै बिकशित रुप सिक्स जीको चर्चा सुरु भइसकेको छ।

भर्खरै, नोकिया सीईओ पेक्का लुन्डबर्गले सिक्स जीको बारेमा ठूलो भविष्यवाणी गरेका छन। लुन्डबर्गले सन् २०३० सम्ममा व्यावसायिक बजारमा सिक्स जी लन्च हुने विश्वास व्यक्त गरे।

उनले सिक्स जी मात्र नभई स्मार्टफोनको भविष्यका बारेमा पनि ठूलो घोषणा गरेका छन।

पेक्का लुन्डबर्गले सन् २०३० सम्ममा स्मार्टफोनहरू सान्दर्भिक नहुने विश्वास व्यक्त गरे तर स्मार्टफोनको अस्तित्व भने पुरै अन्त्य नभई मानिसहरूले यसलाई अर्को रूपमा प्रयोग गर्न सुरु गर्नेछन।

उदाहरणका लागि, मानिसहरूले स्मार्टफोनका सबै सुविधाहरू vचश्मा वा स्मार्टवाचमा पाउनेछन। डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको सम्मेलनमा नोकियाका सीईओले सिक्स जी नआएसम्म हामीले प्रयोग गरिरहेका स्मार्टफोनहरू सबैभन्दा बढी प्रयोग हुने इन्टरफेस दाबी गरे।

यीमध्ये धेरै चीजहरू सीधै हाम्रो शरीरमा आउन थाल्छ। उनले कुन टेक्नोलोजीको कुरा गर्दैछन् भन्ने खुलाएनन् तर धेरै कम्पनीले साइबोर्ग र ब्रेन कम्प्युटर जस्ता प्रविधिमा काम गरिरहेका छन।

पछिल्लो केही समययता धेरै कम्पनीहरूले त्यस्ता सुविधाहरूमा काम गरिरहेका छन्। भविष्यमा, चिप्स र अन्य प्रविधिहरू मानिसहरूको शरीरमा फिट गर्न सकिन्छ।

अहिलेसम्म तपाईले धेरै हलिउड चलचित्रमा मात्र यस्तो भएको देख्नु भएको होला।

साइबोर्ग शब्दको जन्मले भविष्यको त्यो प्रविधिलाई संकेत गर्छ। साइबोर्ग अर्थात् साइबरनेटिक अर्गनिज्म व्यक्तिको क्षमता वृद्धि गर्न प्रयोग गरिनेछ। उनको शरीरको अंग कुनै पनि मेसिनले प्रतिस्थापन गर्न सकिन्छ।

यदि सबै कुरा योजना अनुसार चल्यो भने, यो सम्भव छ कि सिक्स जी सिम कार्ड मानिसको शरीरमा एकीकृत हुनेछ। सन् २०३० सम्ममा स्मार्टफोनको अन्त्य नहुने भए पनि जनसंख्याको लागि यसलाई प्रयोग गर्ने तरिका भने परिवर्तन हुनेछ ।

एलोन मस्कको न्युरालिंक एउटा यस्तो कम्पनी हो, जसले ब्रेन कम्प्युटर जस्ता भविष्यको प्रविधिमा काम गरिरहेको छ। पछिल्लो समय यसको एउटा उदाहरण पनि देखिएको छ। गत वर्ष अप्रिलमा, मस्कले भिडियो जारी गरे र यसको डेमो देखाए।

यसमा भाले मकाक (अफ्रिकी लङ्गुर) को मस्तिष्कमा चिप प्रत्यारोपण गरिएको थियो र त्यसको सहायताले उसले माइन्ड पोङ खेलेको थियो।

वास्तवमा लङ्गुरको नजरमा उसले जोइस्टिकको सहाराले पोङ खेलिरहेको थियो तर त्यतिबेला जोइस्टिक अनप्लग भएको थियो । अर्थात् लङ्गुरले दिमागको सहाराले मात्र खेल खेलिरहेको थियो।

भबिष्यमा हामीले अहिले कल्पना गर्न नसक्ने प्रबिधि आउने पक्का छ तर कुन प्रबिधि कहिले सम्म आउछ भन्ने कुरा कसैले पनि यकिन गर्न सक्दैन।

[ref-dcnepal]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *