The Mirror
सत्तारूढ नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा केपी ओली र एमालेलाई हराउने बताएका छन।
भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ आयोजित कार्यक्रममा बोल्दै थापाले अब हुने चुनावमा एमालेलाई जसरी पनि हराउने बताए।
उनले भने, ‘यस पटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्ने हो, बढार्ने बेलामा कुनाकाप्चामा अड्कियो भने भ्याकुम लगाउने हो’।
उनले भने, ‘ एमाले पार्टी नभई ओली एन्ड कम्पनी भएको छ’।
थापाले थपे, ‘एमालेमा फरक मत राख्ने दुई जना मात्रै देख्छु, भीम रावल र घनश्याम भुसाल, बाँकी कोही हुनुहुन्न, एमाले फुटेर अहिले ओली एन्ड कम्पनी भएको छ’।
कार्यक्रममा उनले कुनै नयाँ कुरा गरेनन कार्यक्रमको पुरै अबधि गगन थापाले केवल के पी ओली र एमालेको मात्र आलोचना गरेर बिताए।
उक्त कार्यक्रमा थापाको यो तुच्छ भाषणले सबै जना दङ्ग परे।
[ref-merosathi]
अन्तमा यो पनि…