अभिनेत्री श्वेता खड्काको बिबाह फोटोमा हेर्नुहोस

National News

काठमाडौँ, अभिनेत्री श्वेता खड्काले ६ वर्षपछि पुन बिहे गरेकी छिन्। सानो सख्यामा उपस्थित भएका परिवार र आफन्तहरु बीच उनले साेमबार काठमाडौंमा विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी हुन्। अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन्। यसअघि उनले २०७१ असार २३ गते नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन्।

श्वेताको बिहे भएकाे २ दिनमै श्रीकृष्ण श्रेष्ठ बिरामी भएका थिए र उपचारकै क्रममा २०७१ साउन २५ गते उनकाे रक्त क्यान्सरका कारण निधन भएकाे थियाेे। श्वेताले श्रीकृष्णसँगै ‘कहाँ भेटिएला’मा अभिनय गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । ‘काेहिनुर’, ‘कान्छी’ उनले अभिनय गरेका फिल्महरु हुन्। अभिनयसँगै व्यवसायमा व्यस्त श्वेता समाजसेवी पनि हुन् । नेपाली दर्शक सामु उनि निकै नै लोकप्रिय छन्। काठमाडौंस्थित गोकर्ण रिसोर्टमा उनले विवाह गरेकी हुन्। हामी पनि उनको नब दाम्पत्य जिबन सुखमय होस् भन्ने कामना गर्दछौ।[हेर्नुहोस फोटोहरु]

श्रीकृष्ण श्रेष्ठ संगै श्वेता ६ वर्ष अघि

मेहदी सेरेमोनी

pic-social media

Leave a Reply

Your email address will not be published. Required fields are marked *