अमेरिकामा सुरक्षा अधिकारीहरुमाथी गाडीद्वारा आक्रमण

International News News

The Mirror Desk,

अमेरिकाको ‘क्यापिटल भबन’ मा सुरक्षा दिइरहेका दुइ जना सुरक्षा अधिकारीमाथी एउटा गाडीले आक्रमण गरिएको छ। उक्त गाडी सुरक्षा बारहरु तोडेर भित्र पसेको जनाइएको छ।

क्यापिटोल प्रहरीको भन्यो, ‘एक जना व्यक्तिले दुई जना अधिकारीलाई “एउटा गाडीले प्रहार गरेको” खबर पाएपछि एक संदिग्ध व्यक्ति प्रहरीको हिरासतमा छ’।

प्रहरीले जनाए अनुसार एक संदिग्ध र दुई सुरक्षा अधिकारीहरुलाई अस्पताल लगिएको छ। प्रहरीले ‘बाह्य सुरक्षा खतरा’ को चेतावनी दिएपछि वाशिंगटन डीसीमा क्यापिटल र वरपरका सडकहरूलाई बन्द गरिएको छ।

एउटा भिडियो फुटेजमा हेर्दा हेलिकप्टर उडान देखाइएको छ र दुईजनालाई स्ट्रेचरबाट एम्बुलेन्समा सारिएको जस्तो देखिन्छ।

तर आज धेरै जसो सांसदहरु क्यापिटल भबनमा छैनन्। राष्ट्रपति जो बाइडेनले केहि अगाडी वाशिंगटन छोडेका थिए।

प्रहरीले यो कुनै पनि आतंकबादी आक्रमण हो कि होइन भन्ने यकिन नभइसकेको जनाएको छ तर उसले एस्तो नदेखिने हुनसक्छ भनेको छ।

अपडेटको लागि हामीसंगै रहनुहोला।

[ref-bbc]

bbc
bbc

Please Watch This Unbelievable Video

Watch Here

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond ”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *