The Mirror Desk
नेपालमा कोरोन भाइरसको संक्रमण बढेपछि पूर्व युवराज्ञी हिमानी शाहले अमेरिकाबाट खोप ल्याउन पहल गरिरहेकी छन्।
हिमानीकै नेतृत्वमा रहेको ‘हिमानी ट्रष्ट’ को अमेरिकास्थित कमिटीले नेपालमा कोरोनाको खोप अनुदानमा लैजान अमेरिकी सांसदहरुसँग पहल गर्दै गरिरहेको समाचारमा जनाइएको छ।
हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्माको समन्वयमा मे २१ तारिख शुक्रबारका दिन सिनेटर मार्क वार्नरसँग भेट गरी नेपाललाई ७० लाख खोप उपलब्ध गराउने बारे जानकारी गराइएको थियो।
सिनेटर वार्नर डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता हुन्। भेटमा हिमानी ट्रष्टका तर्फबाट मोहन निरौलाले नेपालमा खोप पुर्याउनका लागि हालसम्म गरिएका प्रयासहरुबारे सिनेटर वार्नरलाई जानकारी दिएका थिए।
ट्रष्टले अमेरिकाबाट खोप र भेन्टिलेटरहरु सकेसम्म चाँडो नेपाललाई उपलब्ध गराउन प्रयास गर्दै आइरहेको छ।
ट्रष्टले जोन्सोन एण्ड जोन्सोनको खोप नेपाल पठाउनेबारे प्रस्ताव गरेका छ। यही प्रस्ताव अनुसार नेपाललाई सहयोग गर्न संशोधन प्रस्ताव पेश गरेको जानकारी आएको निरौलाले बताए। सो संशोधन प्रस्ताव कंग्रेसबाट पारित भैसकेको जानकारी गराइएको थियो।
[ref-dc nepal]
अन्तमा यो भिडियो हेर्नुहोस…
कति मिठो बोलि, कति राम्रो शब्द चयन
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team