sucide after 8 killed in usa

‘अमेरिकामा आठ जनाको हत्यापछि आत्महत्या’

International News News

The Mirror Desk

अमेरिकामा फेरि गोलि काण्ड भएको छ। न्युयोर्क टाइम्सले जनाए अनुसार इन्डियानापोलिसमा हिजो राती गोली चल्दा कम्तीमा पनि आठ जनाको मृत्यु भएको छ। अन्तमा गोली हान्ने व्यक्तिले आत्महत्या गरेको प्रहरीले बताएको छ।

इन्डियानापोलिस महानगर प्रहरी विभागकी प्रहरी प्रमुख जेनेइ कुकले शुक्रबार बिहान कम्तिमा आठ जनाले ज्यान गुमाएको बताएकी थिइन्। गोलि लागेर केही मानिसहरु घाइते भएका थिए।

घाइतेहरूलाई विभिन्न क्षेत्रको अस्पतालहरुमा भर्ना गरिएको प्रहरी प्रमुख जेनेइ कुकले बताइन।

यस्ता घटना अमेरिकामा सामान्य मानिन्छ। त्यहा नागरिकले खुलमखुला बन्दुक राख्न पाउँछन्। बेलाबेलामा विभिन्न सहरमा बन्दुकधारीको आक्रमणमा परी धेरै मानिसहरुले ज्यान गुमाउदै आएका छन्।

केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुकलाई नियन्त्रण गर्न कदम चाल्ने बताएका थिए। त्यो हेर्न बाकीनै छ।

[ref-setopati]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *