The Mirror Desk
अमेरिकाको कोलोनियन पाइपलाइनमा भिषण साइबर आक्रमण भएको छ। मुलुकको सबैभन्दा ठूलो इन्धन पाइपलाइनमा साइबर आक्रमण भएपछि त्यहाँ आपत्काल घोषणा गरिएको छ।
यो पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ। देशको पूर्वी तटीय राज्यहरुमा यसै पाइपलाइनबाट डिजेल, ग्यास र जेट इन्धनको करिब ४५ प्रतिशत भन्दा बढी इन्धन आपूर्ति हुदै आएको छ।
शुक्रबारको साइबर आक्रमणपछि पाइपलाइनको मर्मत कार्य भइरहेको छ। यदि यसको छिटै मर्मत नभए व्यापक असर पर्ने पनि बताइएको छ।
विभिन्न सूत्रहरूले उक्त र्यान्समवेअर हमला डार्कसाइड नामक साइबर आपराधिक समूहले गराएको पुष्टि गरेका छन्।
सो समूहले बिहीवार कोलोनियलको नेटवर्कमा छिरेर करिब १०० जीबी डेटामा पकड जमाएका थिए। त्यसपछि तिनले ती डेटा केही कम्प्युटर तथा सर्भरमा राखेर शुक्रवार फिरौतीको माग गरेका थिए।

सो समुहले शुक्रबार अमेरिकी सरकारसँग फिरौती रकमसमेत मागेका थिए। पैसा नदिए आफूहरुको कब्जामा रहेको डेटा लिक गर्ने धम्की पनि उनीहरुले दिएका थिए। कम्पनीका अनुसार सेवा पुनः सञ्चालन गर्नका लागि प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सहयोग लिइएको छ।
कम्पनीले आइतबार आफ्नो मुख्य चार लाइन बन्द भएको र टर्मिनलबाट डेलिभरी प्वाइन्टसम्म जाने केही साना लाइनले भने काम गरिरहेको बताएको थियो।
[ref-bbc]
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team