‘अमेरिकामा कामबाट फर्कदै गरेका एक नेपालीको गोली हानी हत्या’

National News News

The Mirror Desk,

अमेरिकाको टेक्सासको अस्टिनमा कामबाट घर फर्केदै गरेका एक नेपाली युवा रमेश थापाको अज्ञात समुहको गोली प्रहारबाट मगलबार राती निधन भएको छ। ग्यास स्टोरको काम सकेर अर्पामेन्ट फर्केका उनलाई रातको १२.३० बजे तिर अपार्टमेन्ट कम्प्लेक्स भित्र गोली प्रहार गरिएको थियो।

आक्रमणको कारण थाहा हुन सकेको छैन? अहिले उनको शब पोस्टमार्टमका लागी अस्पतालमा राखिएको भाइ लक्ष्मण थापाले जानकारी दिएका छन्। दाजुको दुखद नि’धन पछि भाइ लक्ष्मण भावविह्वल बनेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

उनी काम गर्ने स्थान र अर्पाटमेन्ट ५ माइल दुरीमा रहेको छ।झण्डै एघार वर्ष अघि थापा मेक्सिसको हुदै अमेरिका आएका थिए। तीन वर्ष अघि मात्र भाइ लक्ष्मण पनि अमेरिका आएका थिए।

थापाको घर पोखरा नजिकैको सराङकोट भएको जनाइएको छ। उनी ३९ बर्षका थिए।

At Last, Watch This Video Too…

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *