4 killed, including a Nepali youth, shot dead in US

अमेरिकामा गोली प्रहारबाट एक नेपाली युबक सहित ४ जनाको मृत्यु

International News News

The Mirror Desk

अमेरिकाबाट एक निकै दुखद खबर प्राप्त भएको छ। मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ। मेरिल्याण्डको बाल्टीमोर काउन्टीमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक नेपाली युबा सहित चार जना मारिएको प्रहरीले पुष्टि गरेको छ। मारिने अन्य व्यक्तिहरू अमेरिकी रहेको पनि जनाइएको छ।

आक्रमण गर्ने व्यक्ति ५६ बर्षीय एभर्टन ब्राउन भएको र उक्त व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा गोली लागि मृत्यु भएको प्रहरीले जनाएको छ।

मानसिक रोगी रहेको उक्त आक्रमणकारीले ग्यास पाइप खोलेर आफ्नै घरमासमेत आगो लगाएपछि अन्घाधुन्ध गोली प्रहार गरेको बताइएको छ।

मृत्यु हुनेमध्येका अन्दाजी २५ वर्षीय नेपाली युबक सागर घिमिरे भएको पुष्टि भएको छ। उनि निकै प्रतिभावान, होनहार विद्यार्थी थिए। उनले अमेरिकाको एक निकै प्रतिष्ठित विश्वविद्यालयबाट स्वर्ण पदक समेत प्राप्त गरेको जनाइएको छ।

अर्का एक नेपाली श्याम अधिकारी घाइते भएका छन्। घरमा आगो लागेपछि बाहिर भाग्ने बित्तिकै ब्राउनले घिमिरेलाई र श्याम अधिकारीलाई गोली हानेका थिए। संयोगवस श्याम बचेका छन्। २६ वर्षीय श्यामको अस्पतालमा उपचार भै रहेको छ। उनको अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ।

[ref-my nepal television]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *