अमेरिकामा नेपाली युवाले बनाए हबाइजहाज , नेपाली सेनालाई उपहार दिने चाहना

Science & Technology

The Mirror Desk,

अमेरिकाको एरिजोना राज्यको फिनिक्स शहरमा बस्ने प्रमोद रेग्मी बिदा मनाउन र घुम्न हवाई यात्रा गर्छन । हवाई यात्रामा उनी सार्वजनिक हबाइजहाज चढ्दैनन् । उनी आफैंले बनाएको हबाइजहाज लिएर यात्रामा निस्किन्छन्। कल साइन ‘एन ३१६ एएम’ भएको रेग्मी चढ्ने जहाज कुनै कम्पनीबाट खरिद गरिएको जहाज हैन। न त सार्वजनिक जहाज नै हो । जहाजको निर्माण स्वयं रेग्मीले गरेका हुन् भने पाइलट पनि उनै हुन्।

सन २०१२ बाट प्राइभेट पाइलट लाइसेन्स कोर्ष शुरू गरेका रेग्मीले सन् २०१४ मा कोर्ष पूरा गरे। पाइलट कोर्ष गर्नु अगाडि रिमोटबाट चल्ने जहाज बनाउन सौखिन उनी पाइलट कोर्षपछि सन् २०१६ बाट मान्छे बोक्ने निजी जहाज बनाउन लागे। २०१८ मा निर्माण सकिएको त्यो हबाइजहाज अमेरिकाको संघीय उड्ययन प्रशासनले अनुमति दियो।

रोचक कुरा त जहाज बनाएर उडाएको २० घन्टाको अवधि समेत पार लाउनु अगाडि नेपाली अन्वेषक महावीर पुन एरिजोना राज्यस्थित रेग्मीको गृहनगर पुगेका थिए। फिनिक्सको आकाशमा रेग्मीले पुनलाइ आफ्नो हबाइजहाजबाट शहर परिक्रमा गराए। ‘त्यो समयमा हल्का धुम्म थियो तर यात्रा रमाइलो भयो’, महावीर पुनसँगको पहिलो उडानबारेको अनुभवमा रेग्मी भन्छन्, ‘करिब ४५ मिनेटको हाम्रो उडानमा महावीर पुनले पनि धेरै आनन्द लिनु भयो ।’

महावीरलाई रेग्मीले फिनिक्सको डियर भ्याली विमानस्थलको उत्तरी ह्याङ्गर हुँदै ४ हजार मिटर लामो रनवेबाट उडाएका थिए। महावीरपछि आफ्ना साथिभाइ, छोराछोरीलाई उडाएका रेग्मीको जहाज सातामा तीन दिन सक्रिय हुन्छ। बाँकी दिन आराम हुन्छ। रेग्मी आफैं जहाज बनाएर उडाउने प्रथम नेपाली पाइलट हुन । उनले यही परिचयमा धेरै अन्तरवार्ताहरू दिएका छन। हाल अमेरिकी नागरिक भएका रेग्मीको मन भने नेपालसँग जोडिएको छ । उनी आफ्नो जहाज नेपाललाई दिन चाहन्छन।

तर, दिनु अगाडि भरपर्दो व्यवस्थापन भने निश्चित हुनुपर्ने उनको भनाइ छ । नेपाल भ्रमणको क्रममा इटहरी आइपुगेका रेग्मीले नेपाल प्रेससँग भने, ‘नेपालीले आफैं बनाएर आफैं उडाएको प्रथम जहाज भएकोले यो हवाई उडड्यनमात्रै हैन पर्यटनको कोणमा पनि काम लाग्ने देखेर नेपाललाई दिन इच्छुक छु ।’

रेग्मी आफ्नो हबाइजहाज व्यवस्थापनको सन्दर्भमा नेपाली सेनामात्रै योग्य भएको मान्छन्। नेपाली सेनाको चुस्त नेतृत्व, हवाई व्यवस्थापनको अनुभव र विज्ञताले गर्दा उनी आफ्नो जहाज सेनालाई दिन तयार छन्।

‘अहिलेका नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा धेरै नै राम्रो व्यक्तित्व लागेको छ , उहाँलाई नै हस्तान्तरण गर्न म इच्छुक छु’, रेग्मीले भने, ‘नेपाली सेनाले विभिन्न हवाईजन्य खेलकुद, एयर म्युजियम वा मनोरन्जनात्मक उडानको लागि यो जहाज प्रयोग गर्न सक्छ।’[यो खबर Nepal Express ले छापेको छ]

बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?

हेर्नुहोस यो भिडियो

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *