The Mirror Desk,
अमेरिकामा शुभाखर खड्का माथि मास्क लगाउन नमान्ने एक युवतीले ट्याक्सी भित्र आक्रमण गरेको २ हप्ता पुग्न नपाउदै अर्का चालक माथि पनि एक युबक यात्रुले कार भित्रै आक्रमण गरेका छन्। उनि बाग्लुंगका आशिष सापकोटा भएको जनाइएको छ।
दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटामाथि आक्रमण भएको हो। एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एक-आपसमा झगडा गर्न लागेको र पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि असुरक्षित महसुस गरेर सापकोटाले प्रहरी बोलाएका थिए। सापकाेटाकाे उजुरी न्युयाेर्क प्रहरीमा पुगेपछि अहिले प्रहरीले घटनाकाे अनुसन्धान थालेकाे छ ।
त्यसपछि पुरुष यात्रुले फोन खोसेर सापकोटामाथि आक्रमण गरेका हुन्। ती यात्रुले चालक सापकाेटामाथि कुटपिट गरे। त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई न्युयाेर्कस्थित जमैका अस्पताल लगिएको थियो। सापकोटाको मुख र कानमा चोट लागेको छ। सापकोटाले अमेरिकामा एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए।
शुभाखर खड्का र आशिष सापकोटा माथि भएको आक्रमणको भिडियोहरु हेर्नुहोस…
-शुभाखर खड्का माथि भएको आक्रमणको यो भिडियो हेर्नुहोस…
–आशिष सापकोटा माथि भएको आक्रमणको यो भिडियो हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020