Rabi Lamichhane

अमेरिकी अदालतमा रहेका आफ्ना मुद्दाहरु बारे रबि लामिछानेको स्पस्टिकरण

National News News

The Mirror

केहि समय यता पूर्व संचारकर्मी तथा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछानेको बारेमा अमेरिकी अदालतमा रहेका आफ्ना मुद्दाहरुबारे रबि लामिछानेको स्पस्टिकरण दिएका छन।

उनले एक स्क्रिनसट शेयर गर्दै उक्त स्पस्टिकरण दिएका हुन्।

उनले लेखेका छन, ‘दुनियाँमा आजका मिति सम्म मेरा विरुद्ध कुनै मुद्दा भएको मलाई जानकारी छैन,थाहा पाएं भने अघिल्लो जन्मको समेत तिर्छु’।

उनले एक फेसबुक स्टाटस लेख्दै सबै घटनाहरुमा आफुले सफाइ पाएको पानी बताएका छन। उनले के लेखेका छन हेरौ।

उनले लेखेका छन

अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेंको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ। प्रक्रिया त सबैले पूरा गर्नु पर्छ। Open लेखिएको एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको Voluntary Dismissed लेखेकै छ( फोटोमा हेर्नु होला,निश्चिति समय पछि त्यो पनि Closed नै देखिन्छ) यी सबै मेरो ब्यवशाय सँग सम्बन्धित क्रेडिटर र भेन्डर सँगका विषय हुन्। हुन त Bankruptcy फाइल गरेको भए पनि हुन्थ्यो तर मैले बरु बक्यौता तिर्ने तर सके सम्म कम तिर्ने सोच राखेको चाहिँ हुँ।भागेको, लुकेको, ठगेको केही पनि होइन। भुलेको भए बेग्लै कुरा तर मैले नियतवश ब्यक्तिगत लेनदेन समेत गरि कसैलाई केही तिर्नु पर्ने बाँकी राखेको छैन। फेरी निकै वर्ष भयो। मैले त भुली पनि सकें तर मलाई सम्झेर यति पुरानो कुरा खोजेर यो जानकारी उपलब्ध गराउने शुभ चिन्तकहरु प्रति आभारी छु। अरु केही भए यसरी नै खोजी गरेर सहयोग गरिदिनु होला है। यो दुनियाँमा आजका मिति सम्म मेरा विरुद्ध कुनै मुद्दा भएको मलाई जानकारी छैन। थाहा पाएं भने अघिल्लो जन्मको समेत तिर्छु। शुभ चिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन्।

उनको फेसबुक स्टाटस

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *