अमेरिकी संसद् भवनमा दशौ हजार सेना परिचालन [फोटो सहित]

International News News

The Mirror Desk,

अमेरिकि संसद भबन ‘क्यपिटोल हिल’ मा एक साता अगाडी भएको हिंसात्मक घटनापछि अहिले हजारौ सशस्त्र फौज परिचालन गरिएको छ। उक्त ‘क्यापिटोल हिल’ भवनको निगरानी गरिरहेका न्याश्नल गार्डका सुरक्षाकर्मीका तस्बिरहरू अहिले निकै भाइरल भैरहेका छन्। वासिङ्टनमा मात्रै शनिवारसम्म न्याश्नल गार्डका १०,००० सदस्य तैनाथ गरिने बताइएको छ।

तस्बिरहरूमा भवनको भित्र र बाहिर सुरक्षाकर्मीको व्यापक उपस्थिति देखिन्छ। जुन गतसाता विश्वव्यापी भएको संसद् भवनको अराजकताको तस्बिरभन्दा विपरीत दृष्य हो।

प्रहरी अधिकारीहरूले नब निर्बाचित रास्ट्रपति जो बाइडनको सपथ ग्रहणको दिन त्यो सङ्ख्या दोबर बनाइने जनाएका छन्। अमेरिकी संसद्‌मा राष्ट्रपतीय चुनावको नतिजा प्रमाणीकरण गर्न छलफल भइरहेका बेला ट्रम्पका कट्टरपन्थी समर्थकहरूको भिड संसद् भवनमा प्रवेश गरेको थियो र तोडफोड गरेको थियो। त्यस पछि ट्रम्पको निकै आलोचना गरिएको छ। पेन्टागनले ‘क्यापिटोल हिल’ को सुरक्षा गरिरहेकालाई हतियार र सुरक्षा सामग्री साथमा राख्न मङ्गलवार अनुमति दिएको हो।

गत साताको घटनालाई लिएर भएको व्यापक आलोचना अनि ज्यानुअरी २० मा बाइडनको शपथ ग्रहणमा थप हिंसा हुने अनुमान पछिल्लो उच्च सतर्कता अपनाइएको बताइन्छ। एफबीआईले हिंसा र तोडफोडमा जिम्मेवारहरूको खोजी गरिरहेको छ र देशका विभिन्न स्थानमा सम्भावित सशस्त्र प्रदर्शन र थप अशान्ति हुनसक्ने अनुमान गरेको छ।[हेर्नुहोस केहि फोटोहरु]

[ref-bbc]

अन्तमा यो समाचार पनि हेर्नुहोस भिडियो सहित

‘जी न्युज’ का सुधिर चौधारीको सगरमाथामा आफ्नो दाबी र नाम फेर्नुपर्ने रेपोर्टिंग

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Ico

Leave a Reply

Your email address will not be published. Required fields are marked *