US Army

‘अमेरिकी सेना नेपाल आयो, संयुक्त सैन्य अभ्यासको नाटक’

National News News

The Mirror

एमसीसी पास भएदेखि शंकाको दृष्टिले हेरिएको अमेरिकन आर्मी अन्तत नेपाल आईपुगेको छ।

संयुक्त सैनिक अभ्यासका लागि भन्दै १६ जना अमेरिकी सेना नेपाल आइपुगेका छन्। आज काठमाडौं र नगरकोटमा संयुक्त सैन्य अभ्यासको नाटक मन्चन गरिएको छ। सैन्य अभ्यासका लागि भन्दै उनीहरु नेपाल आइपुगेको नेपाली सेनाले जनाएको छ।

अभ्यासमा नेपाली सेनाका तर्फबाट ८० जना सहभागी हुनेछन्। अभ्यासका लागि चाहिने आवश्यक सैन्य सामग्रीहरु अमेरिकाबाटै ल्याइएको सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विसं २०६० देखि नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको ‘एक्स-ब्यालेन्स नेल’अन्तर्गतको ३९‍औं संस्करण भएको सेनाले जनाएको छ।

सरकारको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरु र अमेरिकी सेनाको टुकडीबीच मंगलबार संयुक्त अभ्यास हुने सेनाले जनाएको छ।

यो संयुक्त सैन्य अभ्यासको चारै तिरबाट व्यापक बिरोध र आलोचना गरिएको छ। हेरौ यो कसरी अघि बढ्छ?

[ref-annapurna]

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *