अमेरीकामा पनि फाइजरको कोभिड खोपलाई मान्यता

International News

बेलायतले मान्यता दिएको केहि दिनपछि अमेरिकाले पनि फाइजरको कोभिड खोपलाई मान्यता दिएको छ।अमेरिकाको खाद्य तथा औषधी नियामक निकाय एफडीएले फाइजर र बायोएनटेकले को कोभिड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। सो निकायका प्रमुख स्टेफन हानलाई शुक्रवारसम्म खोपलाई अनुमति दिन वा राजीनामा दिन भनिएको अमेरिकी सञ्चारमाध्यमका जनाएका थियो तर उनले यसलाई अस्विकार गरेका छन्।

यसै बीच अमेरिकी राष्ट्रपति ट्रम्पले पहिलो खोप २४ घण्टाभित्रै दिइने बताएका छन्। अमेरिकामा कोरोनाभाइरसको कारणले अहिले सम्ममा ३०२७६२ मानिसको मृत्यु भइसकेको छ। स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार अथवा मङ्गलवाटबाट खोप लगाउन शुरू गर्ने जानकारी दिएका छन्। गत बुधवारमात्र अमेरिकामा ३,००० जनाभन्दा बढीको कोभिड-१९ का कारण मृत्यु भएको छ जुन संख्या संसारकै अहिलेसम्मको सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो।

फाइजरको कोभिड खोपलाई बेलायत र अमेरिका संगै, क्यानडा, बहराइन र साउदी अरेबियामा पनि अनुमति दिइसकिएको छ। नब-निर्वाचित राष्ट्रपति जो बाइडनले सम्पूर्ण नागरिकहरूले कोभिड खोपमा विश्वास गर्नुपर्ने कुरामा जोड दिएका छन्।

यसै प्रसंगमा धनी देशहरूले कोभिड खोपको धेरै मात्रा एकलौटी सञ्चय गरेर राख्दा गरिब मुलुकहरूमा बस्ने मानिसहरूले खोप नपाउने अवस्था आउने सक्ने कुरा अभियानकर्मीहरूको एक समूहले चेतावनी दिएको छ। अब बिस्तारै हेर्दै जाऊ यो खोपले कसरी संसार लाइ परिबर्तन गर्छ।[ref-bbcnepali]

For Our Youtube Videos, News And Analysis Please Click The Link Below and Send Us Your Feedback…

https://youtube.com/c/TheMirror2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *