The Mirror Desk,
मंगलबार अखिल नेपाल महिला संघ क्रान्तिकारीले २० औं जेल ब्रेक दिवसको अवसरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनआन्दोलनको जगमा प्राप्त उपलब्धिलाई बचाउन र अर्को युद्धको लागि मर्नका लागि तयार रहन कार्यकर्ताहरुसँग अपिल गरेका छन्।
आफुले १९ पेज लामो प्रतिवेदनमा बम्बार्ड द हेडक्वार्टर लेखेको बताए। त्यो भनेको यो बुर्जुवा हेडक्वार्टरलाई समाप्त गर भनेको हुँ।
उनले भने, ‘यसो भन्दा प्रतिक्रियावादीहरु तर्सन्छन् र मलाई जेल हाल्छन् भन्ने थियो,‘मरेरै लाग्ने हो भने यो लडाँई पनि जित्छौें भन्ने लाग्छ, म मर्नका लागि तयार छु, तपाईहरु पनि तयार रहनुस्’।
पार्टी नेतृत्वको वरपर जाली फटाहाहरु हाबी भएको र त्यसमा आफ्नो पनि केही कमजोरी भएको उनले स्वीकार गरे।
बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?
हेर्नुहोस यो भिडियो…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team