janardhan sharma

‘अर्थमन्त्रीले आफ्नो कर्तुत लुकाउन सीसीटीभी फुटेज नै डिलिट गरे’ [पत्रसहित]

National News News

The Mirror

अर्थ मन्त्रालयले बजेटभन्दा अघिल्लो दिन जेठ १४ गते रातिको सीसीटीभी फुटेज डिलिट भएको जनाएको छ।

जेठ १४ गते राति अर्थमन्त्री जनार्दन शर्माले बाहिरिया व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराई ती व्यक्तिको सुझावका आधारमा करका दर हेरफेर गरेका थिए। त्यसपछि मन्त्रालयको सीसीटीभी फुटेज डिलिट भएको भन्दै मन्त्रालय पन्छिएको छ।

उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट जयप्रसाद पाैडेलले जेठ १४ गते रातिको सीसीटीभी फुटेज उपलब्ध गराई सूचनाको हक प्रदान गर्न निवेदन दिएका थिए।

सो निवेदनको जवाफ दिँदै अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखाले भनेको छ, ‘मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनसम्मको मात्रै सीसीटीभी फुटेज अभिलेखमा रहने र तत्पश्चत पहिलेको अभिलेख क्रमश: मेटिँदै जाने भनी लेखी आएको हुँदा सोही ब्यहोरा सूचना तथा जानकारी गराइएको आदेशानुसार अनुरोध गर्दछु’।

अनुसन्धानका लागि सीसीटीभीबाट खिचिएका यस्ता दृष्य ३ महिनासम्म सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिमा व्यवस्था गरिएको छ।

नियमको ठाडो उलंघन गर्ने अर्थमन्त्रीलाई कसले र कहिले कारबाही गर्ला, हेर्न बाकि छ।

मन्त्रालयको पत्र यस्तो छ

[ref-ekantipur]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *