prachanda and janardhan

अन्तत: अर्थमन्त्री शर्माद्वारा पदबाट राजीनामा

National News News

The Mirror

बजेट बनाउँदा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दरमा हेरफेर गरेका अर्थमन्त्री जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले आज प्रतिनिधि सभा बैठकमा बोल्दै राजीनामा दिएका हुन।

शर्माले गरेको अनियमितताको बारेमा छानबिन गर्न आज प्रतिनिधि सभाले ११ सदस्यीय छानबिन समिति गठन गरेको थियो।

राजिनामा दिदै रोष्टमबाट शर्माले भने, ‘सभामुखको पहलमा जुन छानबिन समिति बनेको छ, त्यसको स्वागत गर्छु, धन्यबाद दिन्छु, यो छानबिनका लागि मैले मार्गप्रशस्त गर्दै आफ्नो पदबाट राजीनामा दिएको घोषणा पनि गर्दछु र मैले बजेट बनाउँदा कुनै गल्ती गरेको छैन’।

राजीनामा दिएपछि संसद भवन बाहिर पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन, कमीकमजोरी गरेको छैन, यसबारे प्रश्न उठेपछि सत्यतथ्य छानबिन होस् भनेर राजीनामा दिएको हुँ’।

उनले दाबीका साथ् संसदमा बोल्दै भने, ‘मैले आधिकारिक व्यक्तिहरूबाट बजेट बनाएको थिए र मैले कुनै पनि सिसीटिभी फुटेज डिलिट गरेको छैन’।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *