king Gyanendra Shah

‘अर्थहीन परिवर्तनले नेपाली जनता कत्ति पनि सन्तुष्ट छैनन’:- पूर्वराजा ज्ञानेन्द्र

National News News

The Mirror Desk

पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता कत्ति पनि सन्तुष्ट नभएको बताएका छन। नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा शाहले चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न नसकेको बताए।

उनले भने, ‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ तर चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन, चिन्ताको विषय हाम्रो यो हो’।

उनले संदेशमा भनेका छन् ‘हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन्, नेपालीको घर घरमा बढ्दो महंगी र थपिदो आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको दुखेसो छ, नेपाली सबैको भलो होस, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो’।

उनले नेपालीको घर–घरमा बढ्दो महंगी र थपिदा आर्थिक बोझले जीवन गुजरा गर्न अत्यन्त कठिन भएको उनको भनाइ छ। देशको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो हुनुपर्ने औंल्याएका छन।

उनको शुभकामना सन्देश

[ref-annapurna]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

अन्तमा यो पनि…

यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *